२२ फागुन, काठमााडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधपछि स्थानीय सरकार तथा विद्यालयले धमाधम नयाँ परीक्षा तालिका सार्वजनिक गरेका छन् ।
कोरोना (कोभिड १९) भाइरसको त्रास फैलन सक्ने आशंकामा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयलाई अनुरोध गरेको थियो ।
चैत दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी गरिरहेका सबैजसो विद्यालयले फागुनको अन्तयबाटै परीक्षा चलाउने गरी तालिका बनाएका हुन् । बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:०१ मा प्रकाशित






























