back
CTIZAN AD

मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन

वि.सं.२०७६ फागुन २३ शुक्रवार

939 

shares

२३ फागुन, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले नेपालमा हालसम्म ४३३ लाई कोरोना परीक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको बताएका छन् ।

उनले ती १ जना पनि निको भएर घर फर्केको समेत जानकारी दिएका छन् ।

डा. पाण्डेका अनुसार विश्वमा हालसम्म ९ हजार ९ सय ५१ जनालाई कोरोना संक्रमण प्रमाणित भएको र उपचार पछि ५३ हजार ९ सय ८१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । ९४ प्रतिशत लाई पूर्ण निको भएका समाचार अत्यास लाग्दो नभएको बताएका छन् ।

मास्कको अभावले चिन्तित हुनु पर्दैन । मास्क लगाउनुका आफ्नै दुख छन् । उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एबम बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई हो । स्वस्थ्य व्यक्तिलाई मास्कको जरुरी छैन ।’ डा. पाण्डेले भनेका छन् ।

कोरोना बारे सामाजिक संजालबाट निरन्तर जनचेतना जगाउँदै आएका डा. पाण्डेले यस्तो लेखेका छन् ।

कोरोना संक्रमणको यो पाटोलाई नबिर्सौ
विश्वमा हालसम्म ९६९५१ जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ । उपाचारपछि ५३९८१ कोरोनामुक्त भएर घर फर्किएका छन् । ्र ९४ प्रतिशतलाई पूर्ण निको भएको समाचार अत्यासलाग्दो होइन ।

हालै संक्रमण भएका ३९६६० जनामध्ये ३३२३८ जना अर्थात ८४ ५ सामान्य अवस्थामा छन् । गम्भीर छैनन् ।

चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन् । अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ ।

– विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ ।

– मृत्युदर २–३ प्रतिशत छ भने चिन्ता डर ९८ प्रतिशत छ । चिन्ता रोग होइन ।

मास्कको अभावले चिन्तित हुनु पर्दैन । मास्क लगाउनुका आफ्नै दुख छन् । उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एबम बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई हो । स्वस्थ्य व्यक्तिलाई मास्कको जरुरी छैन ।
संक्रमण भएका देशबाट फर्किएका सबै कोरोना संक्रमित हैनन् । ९९ प्रतिशत स्वस्थ्य व्यक्ति हुन् ।

नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परिक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ । उनी निको भएर घर फर्किएका छन् । अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन । त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन ।’

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:२३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...