back
CTIZAN AD

दिगो ऊर्जा तथा हरित विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

वि.सं.२०७६ फागुन २३ शुक्रवार

810 

shares

२३ फागुन, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट (जिजिजिआई)बीच दिगो ऊर्जा तथा हरित वृद्धिमा सहकार्यको लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र जिजिजिआइका महानिर्देशक फ्र्याङ्क रिजबम्र्यानले हस्ताक्षर गरेका छन् । नेपालमा दिगो ऊर्जा र हरित विकासको लागि दुवै पक्षबीच सहमति भएका क्रियाकलाप कार्यान्वयन गर्ने उद्देश्यले समझदारी गरिएका हो

केन्द्रको आवश्यकताका आधारमा जिजिजिआईले प्राविधिक सल्लाह सेवा तथा हरित जलवायु कोषमा पेश गरिने दिगो ऊर्जासम्बन्धी परियोजना विकासको लागि सहयोग गर्नेछ । लगानीयोग्य ऊर्जा परियोजनाको डिजाइन र वित्तीय स्रोतको लागि सहजीकरण, हरित लगानी तथा ऊर्जा परियोजना तर्जुमामा अन्तरराष्ट्रिय विज्ञ तथा असल अभ्यासलाई उपयोग गर्ने कार्यमा जिजिजिआईले सहायता उपलब्ध गराउने छ ।

यसैगरी केन्द्रले हरित जलवायु कोषमा पेश गर्ने प्रस्ताव पुनरावलोकन गर्ने तथा केन्द्रसँग आपसी समझदारीमा प्राविधिक सहयोगका क्षेत्रमा सहभागिता जनाउने कार्यमा जिजिजिआइले सहयोग गर्नेछ ।

दिगो ऊर्जा र हरित विकासलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न केन्द्रले हरित जलवायु कोषमा पेश गरेका कार्यक्रमलाई अघि बढाउन जिजिजिआईको सहयोग लिने विषय पनि समझदारीमा उल्लेख छ । यस्तै हरित जलवायु कोषमा पेश गरिने परियोजना प्रस्ताव तयार गर्न जिजिजिआइसँग संयुक्त रुपमा कार्य गर्ने, जिजिजिआइलाई आवश्यक पर्ने तथ्याङ्क तथा सूचना उपलब्ध गराउने, सरोकारवालासँग परामर्श तथा छलफलका आयोजना गर्ने जस्ता कार्य केन्द्रले गर्नेछ ।

दक्षिण कोरियाको सिउलमा मुख्य कार्यालय रहेको जिजिजिआई सदस्य राष्ट्रहरुबीच भएको सम्झौताबमोजिम स्थापित एक अन्तरराष्ट्रिय अन्तरसरकारी संस्था हो । अतिकम विकसित तथा विकासोन्मुख राष्ट्रमा गरिबी न्यूनीकरण, अवसरहरुको सिर्जना, वातावरणीय लक्ष्यसहितको सामाजिक विकास जस्ता आर्थिक उद्देश्यलाई एकीकृत रुपमा अघि बढाउँदै दिगो विकास प्रवद्र्धन तथा हरित आर्थिक वृद्धि ढाँचाको प्रवद्र्धन गर्नु जिजिजिआईको प्रमुख उद्देश्य रहेको छ ।

समझदारीबमोजिमका कार्यलाई समन्वय गर्न केन्द्रका तर्फबाट सहायक निर्देशक राजु लौडारी र जिजिजिआईको तर्फबाट जिजिजिआईका नेपाल प्रतिनिधि रोअन फ्रसेरलाई तोकिएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:१९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...