२३ फागुन, काठमाडौं । संसद भवन बानेश्वरमा प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी छ । बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नेछन् ।
सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् । संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि यो कुरा उल्लेख छ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार ११:१७ मा प्रकाशित





























