२३ फागुन, काठमाडौँ । तीनदिन देखि निरन्तर रुपमा सुनको मुल्य उच्च भाउले बढ्दै आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज शुक्रबार सुनको मूल्य १८ सयले बढेको हो ।
बिहिबार छापावाला सुन ८० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार १८ सयले बढेर तोलामा ८२ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ८२ हजार २ सय पुगेको छ ।
शुक्रबारको बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहिबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार १० रुपैँयाले बढेर तोलाको ८ हजार ९० रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार ११:२२ मा प्रकाशित





























