back

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

वि.सं.२०७६ फागुन २३ शुक्रवार

96 

shares
NTC AD
Global IME AD

२३ फागुन, काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पूर्व), देबचुली नगरपलिका- ७ गाबिस चोकस्थित सडकमा ना.१४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबर साँझ दुर्घटना हुदाँ मोटरसाइकल चालक कावासोती नगरपालिका १७ बस्ने २७ वर्षीय लाल बहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपलिका- ८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले अनटेष्ट लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हँसपुर नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल कापड र २५ वर्षीय सुबोध कापड रहेका छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...