२३ फागुन, काठमाडौँ । क्रिकेट जगतको सबै भन्दा ठुलो लिग इंन्डियन प्रमिएर लिग (आईपिएल) सबै भन्दा बढि हेरिने लिग मध्य एक हो । २०१९ मा आईपिएलको ब्रान्ड वैल्यू ६.८ बिलियन अमेरीकन डलर रहको थियो ।
आईपिएलका ८ टिमका ब्रान्ड वैल्यू यस प्रकारको रहेको छ ।
१. मुम्बई इन्डियन्स

४ पटक आईपिएलको उपाधि जित्ने एक मात्र टिम मुम्बई इन्डियन्सको ब्रान्ड वैल्यू ८०९ करोड रहेको छ ।
२. चेन्नाई सुपर किंग्स

३ पटक आईपिएलको उपाधि जित्न सफल टिम चेन्नाई सुपर किंग्सको ब्रान्ड वैल्यू ७३२ करोड रहेको छ ।
३. कोलकत्ता नाईट राइडर्स

२ पटक आईपिएलको उपाधि जित्न सफल टिम कोलकत्ता नाईट राइडर्सको ब्रान्ड वैल्यू ६२९ करोड रहेको छ ।
४. रोयल च्यालेन्जर्स बेंगलोर

विश्व क्रिकेटका चर्चित खेलाडीहरुले भरिपूर्ण टिम रोयल च्यालेन्जर्स बेंगलोरको ब्रान्ड वैल्यू ५९५ करोड रहेको छ ।
५. सनराइजर्स हैंदराबाद

१ पटक आईपिएलको उपाधि जितेको टिम सन सनराइजर्स हैंदराबादको ब्रान्ड वैल्यू ४८३ करोड रहेको छ ।
६. डिल्ली क्यापिटल्स

भारतीय तथा अन्तराष्ट्रिय यूवा खेलाडीहरुले सजिएको टिम डिल्ली क्यापिटल्सको ब्रान्ड वैल्यू ३७४ करोड रहेको छ ।
७. किंग्स इलेवन पंजाब

प्रीति जिन्टाको टिम किंग्स इलेवन पंजाबको ब्रान्ड वैल्यू ३५८ करोड रहेको छ ।
८. राजिस्थान रोयल्स

आईपिएलको पहिलो सिजनको विजेता रााजिस्तान रोयल्सको ब्रान्ड वैल्यू २७१ करोड रहेको छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:३० मा प्रकाशित






























