२७ फागुन, काठमाडौं । सेयर बजारमा ६ प्रतिशत नकारात्मक सर्किट लागेपछि सेयर कारोबार बन्द भएको छ । १ बजेर १३ मिनेटमा बजारमा ६ प्रतिशतको गिरावट आएपछि बजार आइतबारको लागि बन्द भएको हो ।
आज लगातार ३ पटक नकारात्मक सर्किट लागेको थियो । पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतको सर्किट लागेर त्यसपछि १२ बजेर ३१ मिनेटमा ४ प्रतिशतको सर्किट लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो ।
पुनः १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार १३:५६ मा प्रकाशित


























