२७ फागुन, काठमाडौँ । नक्कली प्रमाणपत्र पेश गर्ने श्री भुमिराज प्राथमिक विद्यालय बडम डडेल्धुराकी राहत शिक्षिका (प्रधानाध्यापक) कलापति देवी अवस्थी पक्राउ परेकी छन् ।
प्रधानाध्यापक कलापति कुमारी शर्मा भन्ने कलापति देवी अवस्थीको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी श्री भुमिराज प्राथमिक विद्यालयको निजी स्रोतमा राहत दरबन्दीमा नियुक्ति भई सरकारी सुविधा एवं लाभसमेत लिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पत्राउ गरेको हो ।
अनुसन्धानको क्रममा निजले उक्त कार्य गरेको स–प्रमाण पुष्टि हुन आएकोले निज कलापति देवीलाई साविक भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार १३:५८ मा प्रकाशित






























