२८ फागनु, डिसी,अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको मृत्यु भएको छ ।
बाग्लुङ स्थाई घर भई हाल बाल्टिमोर निवासी ३१ बर्षिय सुनिल केसीको निधन भएको हो । बाग्लुगं नगरपालिकाका केसी गत मार्च ७ (फाल्गुन २४ ) का दिन ४ बजे देखि आइतबार बिहान २ बजे काम गरेर सुत्न गएका थिए ।
आइतबार साँझ काममा जानुपर्ने उनी समयमा काममा नपुगेपछि उनका साथीभाईले सोधी खोजी गरेका थिए । र उनको मोबाइल फोन पनि उठेन । उनी काम गरेकै पसलको माथिल्लो तल्लामा बस्दथे । केसी दुई दिनदेखि काममा नआएपछि उनिसंगै कामगर्ने सहकर्मीहरुले गएर ढोका खोल्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शब परीक्षणका लागि बाल्टिमोरको कोरोनरि हाउसमा राखिएको छ । प्रहरीका अनुसार उनको मृत्यु आइतबार बिहानै भएको हो । तर सबै कुराको रिर्पोट आईसकेको छैन ।
उनि अमेरिका आएको लगभग ४ बर्ष भएको र नेपालमा उनका परिवारमा श्रीमती, सानो छोरी, एक भाई, आमा बुवा र हजुरबुवा पनि छन् । नातिको निधनको खबर सुनेका हजुरबुवाको स्वास्थ्य नाजुक भएको बताइएको छ ।
अमेरिकामा रहेका स्वर्गीय केसीका नजिकका परिवारलाई जानकारी दिई सकिएको छ भने नेपालबाट शवलाई नेपाल पठाउन भनि परिवारले अनुरोध गरिएको जानकारी बानाका पूर्वअध्यक्ष तथा समाजसेवी कुलमणि आचार्यले बताएका छन् ।
नेपाल पठाउने प्रक्रियाको सुरु गरिएको र खर्च पनि संकलन सुरु गरिएको आचार्यले बताएका छन् । प्रहरीले निधनको भएको कारण बारे अनुसन्धानको गरिरहेको छ ।
।
वि.सं.२०७६ फागुन २८ बुधवार ०८:२९ मा प्रकाशित






























