back
CTIZAN AD

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको निधन

वि.सं.२०७६ फागुन २८ बुधवार

1.1K 

shares

२८ फागुन, काठमाण्डौं । पूर्वस्थानीयमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको निधन भएको छ ।

शेर्माको बुधबार दिउँसो काठमाण्डौंको निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि थलिएका शेर्मा पाँचथर क्षेत्र नं १ बाट पूर्व सभासद् समेत रहेका थिए ।

२०२५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका शेर्मा गाउँफर्क राष्ट्रिय अभियानको अन्चल सदस्य समेत रहेका थिए । राजनीतिक संघर्षका क्रममा पटक–पटक जेलजीवन समेत भोगेका शेर्माका दुई छोरा र पाँच छोरी रहेको बताइएको छ ।

शेर्माको मृत्युमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालले एक होनहार आर्दश नेता गुमाएको बताएका छन् ।

‘नेपालले एक होनाहार आर्दश व्यक्तित्व गुमाएको छ । नेपाली काग्रेस पाँचथरका पूर्वपार्टी सभापति, पूर्व केन्द्रीय सदस्य तथा पूर्वस्थानीय विकासमन्त्री रहिसक्नु भएका पूर्णकुमार शेर्माको निधनले स्तब्ध वनाएकोछ । उहाँ नेपाली राजनीतिका एक आदर्श पुरुष हुनुहुन्थ्यो ।सरल र इमानदार एक नेतालाई भावपूर्ण श्रद्धांजलि साथै सम्पूर्ण परिवारमा समवेदना ।’ नेता भण्डारीले दुःख व्यक्त गर्दै भनेका छन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार २१:४९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...