
काठमाडौँ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले विवाह गरेका छन् । उनीहरुको फागुन २९ गते, बिहिबार हिन्दू परम्परा अनुसार बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो ।
आँचलले विवाहकै दिन सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी हुन् । करिब एक बर्षको प्रेम सम्बन्धलाई शर्मा र श्रेष्ठले विवाहमा परिणत गरेका हुन् । शनिबार अर्थात् चैत १ गते उनीहरुको रिसेप्सन पार्टी राखिएको छ । आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:०८ मा प्रकाशित