back
CTIZAN AD

मास्क अभाव हुनथालेपछि आफैँ उत्पादन गर्दै गाउँपालिका

वि.सं.२०७६ फागुन ३० शुक्रवार

762 

shares

३० फागुन, अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए ।

कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैंउत्पादनमा ध्यान दिएको उनले बताए । “छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।”

पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उनले बताए । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ ।रासस

वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:४८ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...