
३० फागुन, काठमाडौँ । अष्ट्रेलियाका फास्ट बलर केन रिचर्डसनलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।
रिचर्डसनलाई बिहीबार घाँटी दुखेको रिपोर्ट बाहिरीए पछि क्वारेन्टाइनमा राखिएको हो । उनको बाँकी रिपोर्ट भने आईसकेको छैन ।
क्वारेन्टाइनमा राखिएको कारणले गर्दा उनले अष्ट्रेलिया र न्यूजिल्याण्ड बिचको पहिलो एकदिवसीय खेल पनि गुमाएका छन ।
रिचार्डसनको स्थानमा अर्का फास्ट बलर शेन एबटलाई टिममा बोलाईएको छ ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:३६ मा प्रकाशित