back
CTIZAN AD

कोरोनाको संक्रमणको कारण देखाउँदै दूतावासले शब नपठाइदिएपछि विक्षिप्त परिवार

वि.सं.२०७६ चैत १ शनिवार

813 

shares

१ चैत, भक्तपुर । बिहान उठेपछि तस्बिरमा छोराको हसिलो अनुहार हेर्छिन् । राति सुत्नुअघि त्यहि फोटो नियालेर सिरानीमा राख्छिन् ।

यताउता कोल्टे फेरेर निदाउन खोज्छिन । निद्रा लाग्दैन । सरस्वती खड्का (६५) लाई यस्तो छटपटी भएको दुई महिना भयो । चीनमा छोरो वितेको खबर पाएयता उनका आँखा ओभानो छैनन् । ‘आमा उठ्नु भयो, खाना खानु भो ? सन्चो विसन्चो के छ ?’ फोनमा सोधिरहरन्थ्यो,’ दोलखा सैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कस्ले सोध्छ त्यसरी ? बल्ल बल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन । सद्गत गर्न पाए आउथ्यो कि ।’

गत माघ ४ गते राति चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षिय छोरा पुष्करको निधन भयो । भोलिपल्ट परिवारले दुःखद खबर पाए । तर, अहिलेसम्म न उनको पोष्टमार्टम भएको छ न नेपाल ल्याउने सुरसार नै छ । शबको प्रतिक्षामा रहेकी आमा सरस्वती भगवानको नाम जप्दै फ्रेममा राखिएको फोटो नियाल्छीन ।

बुहानस्थित आफ्नै कोठामा मृत भेटिएका खड्काको पोष्टमार्टम भएको छैन । शब बुहानकै बुछा«ङस्थित शबगृहमा राखिएको उनका आफन्त धनबहादुर कार्कीले बताए । कोरोना भाइरसका कारण शब नेपाल ल्याउन नपाएको आफन्तको गुनासो छ । शनिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ चैत १ शनिवार ०७:५७ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...