back
CTIZAN AD

स्थानीयले यसरी भत्काए सिमा स्तम्भ(हेर्नुस् तस्विरमा)

वि.सं.२०७६ चैत २ आइतवार

795 

shares

२ चैत,  भीमदत्तनगर। नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३\४ निर्माण गरेको जानकारी दिए ।

“शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन् ।” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए । तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो ।

तस्विर : दीपेन्द्र बस्नेतको वालबाट

वि.सं.२०७६ चैत २ आइतवार १०:०६ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...