back

जनप्रतिनिधिद्वारा शिक्षकमाथि अभद्र व्यवहार , बाटो ढुकेरै शिक्षक कुटे !

वि.सं.२०७६ चैत २ आइतवार

717 

shares
GLOBAL IME AD
NTC AD

२ चैत, पर्वत । पर्वत जिल्लाको विहादी गाँउपालिकामा रहेको नेपाल तारा मावि रानीपानीमा विद्यालयको विविध विषयमा छलफल गर्न बोलाईएको विद्यालय व्यवस्थापन समितिको बैठकमै जनप्रतिनिधिबाट प्रधानाध्यापकमाथि अभद्र व्यवहार भएको छ ।

वडासदस्य धन बहादुर क्षेत्रीले बैठकमा आफूलाई किन छुट्टै नबोलाएको भन्दै प्रअ कुल प्रसाद पराजुलीमाथि बैठकमै अभद्र व्यवहार गरेका हुन् ।

विव्यसमा अभिभावकका ४ जना र वडाअध्यक्ष पदेन सदस्य रहने व्यवस्था भएपनि खासमा बैठकको अध्यक्षता कसले गर्नेमा विवाद देखिएको पराजुलीले जानकारी दिए ।

वडाध्यक्षले आफ्नो अध्यक्षतामा बैठक सञ्चालन हुनुपर्ने र अभिभावकहरुले जेष्ठ सदस्यको अध्यक्षतामा बैठक हुनुपर्ने अडान राखेको बताइएको छ ।

यसरी लामो समय बैठक बस्न नसकेपछि जे त होला भनेर बैठक डाकिएको थियो । बैठकमा अध्यक्षता गर्न नपाउने भएपछि वडाध्यक्ष आफु नआएर अर्का वडासदस्य पठाए ।

त्यस्तै जिल्लाकै विहादी गाँउपालिका अन्र्तगतको आम्बारी माविमा कार्यरत शिक्षक कृण्ण ढकाललाई विधालयमा विद्यालय व्यवस्थापन समितीको गठन प्रक्रियाको विषयलाई लिएर बाटो ढुकेरै कुटपिट भएको छ ।

शुक्रवार घरबाट गाँउमा छिमेकीको घर जादै गर्दा बाटो कुरेर सोही स्थानका गणेश पराजुली र विमल पराजुलीले मोटरसाइकल रोकी कुटपीट गर्दा शिक्षक ढकाल गम्भीर घाइते भएका छन् ।विव्यसमा दलगत प्रतिनिधित्वको कुरालाई लिएर शिक्षक माथि बाटो ढुकेरै कुटपिट गरी गम्भिर घाइते बनाइएको बताइएको छ ।

घटनापछि कुटपिट गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको शिक्षक ढकालले जानकारी दिइएको जनाइएको छ ।

यता, शिक्षकहरु माथि जनप्रतिनिधि एवं अन्यपक्षबाट भएको अभद्र व्यवहार तथा कुटपिटको घटना प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले निन्दा गरेको छ ।

शनिवार संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी र सचिव सुरेन्द्र शर्मा गौतमले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकमाथि जनप्रतिनिधि एवं अन्य व्यक्तिबाट भएको अभद्र व्यवाहारको घोर निन्दा गरेको हो ।

उनले घटनाका दोषिउपर तत्काल कार्बाही प्रक्रिया अगाडि नबढाए संगठनले जस्तोसुकै संघर्षको कार्यक्रम घोषणा गर्न तयार रहेको चेतावनी दिए ।

संगठनका अध्यक्ष अधिकारीले शिक्षकमाथि भएको आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १०:३६ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...