back
CTIZAN AD

जनप्रतिनिधिद्वारा शिक्षकमाथि अभद्र व्यवहार , बाटो ढुकेरै शिक्षक कुटे !

वि.सं.२०७६ चैत २ आइतवार

1.1K 

shares

२ चैत, पर्वत । पर्वत जिल्लाको विहादी गाँउपालिकामा रहेको नेपाल तारा मावि रानीपानीमा विद्यालयको विविध विषयमा छलफल गर्न बोलाईएको विद्यालय व्यवस्थापन समितिको बैठकमै जनप्रतिनिधिबाट प्रधानाध्यापकमाथि अभद्र व्यवहार भएको छ ।

वडासदस्य धन बहादुर क्षेत्रीले बैठकमा आफूलाई किन छुट्टै नबोलाएको भन्दै प्रअ कुल प्रसाद पराजुलीमाथि बैठकमै अभद्र व्यवहार गरेका हुन् ।

विव्यसमा अभिभावकका ४ जना र वडाअध्यक्ष पदेन सदस्य रहने व्यवस्था भएपनि खासमा बैठकको अध्यक्षता कसले गर्नेमा विवाद देखिएको पराजुलीले जानकारी दिए ।

वडाध्यक्षले आफ्नो अध्यक्षतामा बैठक सञ्चालन हुनुपर्ने र अभिभावकहरुले जेष्ठ सदस्यको अध्यक्षतामा बैठक हुनुपर्ने अडान राखेको बताइएको छ ।

यसरी लामो समय बैठक बस्न नसकेपछि जे त होला भनेर बैठक डाकिएको थियो । बैठकमा अध्यक्षता गर्न नपाउने भएपछि वडाध्यक्ष आफु नआएर अर्का वडासदस्य पठाए ।

त्यस्तै जिल्लाकै विहादी गाँउपालिका अन्र्तगतको आम्बारी माविमा कार्यरत शिक्षक कृण्ण ढकाललाई विधालयमा विद्यालय व्यवस्थापन समितीको गठन प्रक्रियाको विषयलाई लिएर बाटो ढुकेरै कुटपिट भएको छ ।

शुक्रवार घरबाट गाँउमा छिमेकीको घर जादै गर्दा बाटो कुरेर सोही स्थानका गणेश पराजुली र विमल पराजुलीले मोटरसाइकल रोकी कुटपीट गर्दा शिक्षक ढकाल गम्भीर घाइते भएका छन् ।विव्यसमा दलगत प्रतिनिधित्वको कुरालाई लिएर शिक्षक माथि बाटो ढुकेरै कुटपिट गरी गम्भिर घाइते बनाइएको बताइएको छ ।

घटनापछि कुटपिट गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको शिक्षक ढकालले जानकारी दिइएको जनाइएको छ ।

यता, शिक्षकहरु माथि जनप्रतिनिधि एवं अन्यपक्षबाट भएको अभद्र व्यवहार तथा कुटपिटको घटना प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले निन्दा गरेको छ ।

शनिवार संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी र सचिव सुरेन्द्र शर्मा गौतमले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकमाथि जनप्रतिनिधि एवं अन्य व्यक्तिबाट भएको अभद्र व्यवाहारको घोर निन्दा गरेको हो ।

उनले घटनाका दोषिउपर तत्काल कार्बाही प्रक्रिया अगाडि नबढाए संगठनले जस्तोसुकै संघर्षको कार्यक्रम घोषणा गर्न तयार रहेको चेतावनी दिए ।

संगठनका अध्यक्ष अधिकारीले शिक्षकमाथि भएको आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १०:३६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...