back
CTIZAN AD

सहकारीले मागे ४४ कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ चैत २ आइतवार

810 

shares

२ चैत, काठमाडौँ । हामी एकता बचत तथा ऋण सहकारी संस्था लिमीटेटेडले विभिन्न पदका लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

ठमेल स्थित उक्त संस्थाले बजार अधिकृतमा २, कर्जा अधिकृतमा २, सुपरभाईजरमा २ र बजार प्रवद्र्धकमा ७ जना कर्मचारीको माग गरेको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाण–पत्र, बायोडाटा, २ प्रति पिपी साइजको फोटो तथा हस्तलिखित निवेदनसहित सात दिन भित्र सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४४२०७४३, ४४२०७४४ तथा ईमेलः hamiekco@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच एरिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कुलेश्वर काठमाण्डौ का लागि जन सम्पर्क सहायकमा २, कर्जा सहायकमा २, बजार सुपरभाईजरमा ४, नगद सहायकमा ४, रिसेप्सनिष्टमा ३ र बजार प्रतिनिधीमा १६ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा उपस्थित भई दरखास्त दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४२८३३३८, ४२८३३४० वा ईमेलः  areasavingandcreditc@gmail.com मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १०:४५ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...