back
CTIZAN AD

‘कोरोना’

वि.सं.२०७६ चैत २ आइतवार

1K 

shares

‘कोरोना’ किन फैलियौ भुवनमा, कालै स्वरूपी बनी
पीडा त्रास बढ्यो समस्त जनमा, हल्ला चल्यो सन्सनी
‘कोरोना’ अति उच्च घातक छरे, सुन्दा नि सन्त्रास भो
राज्यैले अब दीर्घ सोच नगरे, के हुन्छ यो देशको
. (१)
मान्छे भो अति चट्पटे प्रकृतिमा, ज्यादै विकर्मी भए
भेटेका सब बस्तु ती भुवनका, सम्पूर्ण खादै गए
काँचा ती गँगटा र सर्प कछुवा, खाँदा चमेरा पनि
के पच्थ्यो बिचरा शरीर भयले, तात्यो त्यसै हन्हनी
. (२)
त्यै बेला अति दुष्ट भाइरस ले, डेरा गर्‍यो पेटमा
फैल्यो चीन प्रदेशबाट सहजै, अन्यत्र ती देशमा
‘कोरोना’ अति सूक्ष्म भाइरस हो, धक्का दिने ज्यानमा
राखौ है सबले सतर्क पन लौ, संपूर्ण खान्पानमा
. (३)
हाम्रा संस्कृति नै अपूर्व तहका, क्या सौम्य संस्कार छ
गर्दैनौँ हग, कीस, स्वच्छ अति नै, हाम्रो ‘नमस्कार’ छ
धोई हात सदैव कन्चन बनी, खाना त सादा लिनू
जोडी हात प्रणाम मात्र गरियून्, भीड्भाडमा जोग्गिनू
. (४)
नेपाली मन दर्बिलो छ अति नै, डर्दैन कैले पनि
हाम्रा पूर्वज रक्त एन्टिबडि हुन्, मर्दैन कैले पनि
सारा ती भयबाट मुक्त रहनू, छौँ शक्तिशाली भनी
त्यो आत्मैबल उच्च पार्नू सबले, टर्नेछ कालै पनि
. (५)

-छन्द-शार्दूलविक्रीडित

वि.सं.२०७६ चैत २ आइतवार १०:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...