back
CTIZAN AD

मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

वि.सं.२०७६ चैत २ आइतवार

552 

shares

२ चैत, पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् ।

मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन फिटसम्म हिउँ जमेको छ ।

हिउँसँगै जोमसोम बजारमा बिजुलीको खम्बा ढलेका कारण यहाँ हिजोदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ । जोमसोम विमानस्थलमा डेढ फिट हिउँ जमेका कारण आज पोखराबाट कुनै पनि उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । आज दिनभर हिउँ नपग्लिए भोलि भने सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याएर विमानस्थल नियमित गराउने तयारी गरिएको उनले बताए ।

हिमपातसँगै जोमसोम भित्रने नाका घाँसा र म्याग्दीको गुइँठे तातोपानीमा हिजोदेखि नै बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् । मुस्ताङमा यस वर्ष पटक–पटक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका रेञ्जर धनु गुरुङले जानकारी दिए ।

यसवर्ष मुस्ताङमा पाँचौं पटक हिउँ परेको जानकारी गराउँदै उहाँले छ वर्षको अन्तरालमा धेरै हिउँ परेको अनुभव सुनाए । हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मुस्ताङ निस्कने थोराङपास पनि बन्द भएको छ । हिमपातका कारण खेतीलाई राम्रै गरे पनि टुसाउँदै गरेका बोट वृक्षलाई भने क्षति पु¥याएको ठिनी गाउँका मुखिया तिकप्रसाद थकाली बताउछन् ।रासस

वि.सं.२०७६ चैत २ आइतवार १२:१० मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...