२ चैत, काठमाडौँ । तीनदीन देखि निरन्तर रुपमा ओरालो लाग्यो सुनको मूल्य ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज आइतबार सुनको मूल्य १५ सयले घटेको हो ।
शुक्रबार छापावाला सुन ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज आइतबार १५ सयले घटेर तोलामा ७७ हजार मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७६ हजार ७ सय पुगेको छ ।
आइतबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार ८ सय २० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैँयाले घटेर ७ सय ९० मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ चैत २ आइतवार १२:३८ मा प्रकाशित






























