२ चैत , काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्र( विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले एक सूचना प्रकाशित गरेको छ ।
केन्द्रले यस विषयमा विगत वर्षहरुमा नै नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका निम्न विद्यालयहरुले न्यूनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंगेजी गणित र विज्ञान विषय शिक्षकको विवरण , निर्देशिका बमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण यसकेन्द्रमा समयमै पेश गर्नुपर्नेमा हालसम्म पनि विवरणहरु प्राप्त नभएकाले ०७६ चैत ७ गतेभित्र मा आफ्नो विवरण पेश गरिसक्न यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ चैत २ आइतवार १२:३४ मा प्रकाशित






























