२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले कारोबारको समय १ घण्टा थप गरेको पहिलो दिनमा नै सिस्टममा समस्या देखाएको छ। आज नेप्सेको सिस्टम प्रोभाइडरमा फाइबर लिङ्क ब्रेकेजका कारण सञ्चालनमा आउन नसकेको नेप्सेको वेबसाइटमा उल्लेख छ। नेप्सेका अनुसार समस्या समाधान नभएसम्म प्रत्यक्ष कारोबारको डेटा देखिने छैन।
नेप्सेको सञ्चालक समितिले आइतबारदेखि लागू हुने गरि शेयर कारोबारको अवधि बढाउने निर्णय गरेको थियो। परिक्षणकालको पहिलो दिनमा सिस्टमा समस्या देखिएको हो। नयाँ कारोबार अवधि अनुसार प्रारम्भिक कारोबार समय साढे १० देखि ११ बजे तोकिएको छ। बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजे निर्धारण गरिएको छ। अन्तिम कारोबार समय अवधि भने ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म तोकिएको छ।
शेयरका जानकारहरु समय थप गर्नुभन्दा अनलाईन कारोबार प्रणालीमा आएका समस्याको हल गर्ने र कारोबारलाई श्वस्थ र दुरुस्त बनाउनुपर्ने माग गर्दै आएका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १२:५९ मा प्रकाशित






























