back
CTIZAN AD

कोरोनाका कारण नेपालमा पनि अघोषित संकटकाल

वि.सं.२०७६ चैत २ आइतवार

924 

shares

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५२ देशमा फैलिएसँगै कतिपय देशमा संकटकालको घोषणा गरिएको छ । यूरोपका अधिकांश देश, अमेरिका इराकलगायतका देशमा संकटकाल लगाईएको छ । नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि यस्का असर भने व्यापक परेको छ । नेपालमा संकटकालकै घोषणा नभए पनि अघोषित संकटकाल भने लागिसकेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताएका छन् । उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संकट टार्न सरकार सम्पूर्ण तयारीका साथ खटिएको बताए ।

‘कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ, संकट टार्न सबै निकाय दिनरात नभनी खटिरहेका छौं’ उनले भने, ‘संकटका बेला जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी सबैको साथ र सहयोग चाहिएको छ । यो संकट राज्यले कुनै पनि हालतमा टार्छ ।’

मन्त्री भट्टले संकटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आग्रह गरेका छन् । उनले संकटका बेला काम गरेन भनेर सरकारी निकायलाई आरोप लगाउनुभन्दा कालोबजारी भएको देखेमा सूचना दिन आग्रह गरे ।

१ सय ५२ देशमा फैलिएको कोरोनाको कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १३:४४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...