back
CTIZAN AD

कोरोनाको कहरःकतारले फर्कायो २० नेपाली, नेपालले फर्कायो नेपालीमुलका गुरुङसहित ३६ विदेशी

वि.सं.२०७६ चैत ४ मंगलवार

810 

shares

४ चैत, काठमाण्डौं । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुईजना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन् ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामुहिक क्वारेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सिधै काम गर्न जाने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाउँदैनन् । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निशेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएकमा ७ जनालई भने आइसोलेसनमा राखिएको मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

त्यस्तै त्रिभुवनट विमानस्थल अध्यगमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अध्यागमाले कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता गरेको हो । फिर्ता पठाएकामा नेपाली मुलका बेलायती स्वणीर्म गुरुङ पनि छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ । अध्यागमनले फागुन २७ गते देखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०७:४३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...