४ चैत, काठमाण्डौं । अष्ट्रेलियन क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले भारतीय गर्लफ्रेण्ड विनी रमनसँग भारतीय संस्कार अनुसार इन्गेजमेन्ट गरेका छन ।
२०१७ देखी एकअर्कालाई डेट गरीरहेका म्याक्सवेल र भिनीले मार्च १४ मा इन्गेजमेन्ट गरेका हुन ।

भिनी रमन मेलबर्नमा आधारित फार्मासिष्ट हुन । म्याक्सवेलकी गर्लफ्रेण्ड भिनी रमनले इन्स्टाग्राम मार्फत आफुले हिन्दू संस्कार अनुसर इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन ।

ग्लेन म्याक्सवेल अहिले हातको चोटका कारण विश्राम गरिरहेका छन । ग्लेन म्याक्सवेलले अष्ट्रेलियका लागि १७८ अनतराष्ट्रिय खेल खेल्दैँ ४७९२ रन बनाएका छन ।

वि.सं.२०७६ चैत ४ मंगलवार १६:४७ मा प्रकाशित
























