back
CTIZAN AD

कोरोनाका कारण स्पेनका नेपाली समुदायमा पर्न सक्ने असरबारे यसो भन्छन् मुक्त गुरुङ

वि.सं.२०७६ चैत ४ मंगलवार

873 

shares

एनआरएनए युरोपका क्षेत्रिय उपसंयोजक मुक्त गुरुङले स्पेनमा कोरोनाले पारेको प्रभाव बारेमा सबैलाई सजग गराउँदै यतिबेला स्पेनमा रहेका नेपाली समुदाय तथा संघ संस्थाले महत्वपूर्ण भूमिका निभाउनु पर्ने बताएका छन् ।

उनले स्पेनका सामाजिक अगुवाहरू, एनआरएनए लगायत नेपाल र नेपालीको लागि खोलिएका बिभिन्न संघसंस्थाहरूले आउन सक्ने जटिल संकटको बेला एकताबद्ध भएर कसरी सामना गर्ने भन्ने बहस छलफल गर्नु आबस्यक देखिएको पनि बताएका छन् ।

यसो भन्छन् गुरुङ
कोरोना भाइरसको बढ्दो कहाली लाग्दो असरले संसार त्रसित छ । हामी पनि स्पेन सरकारले गरेको आपत्कालीन घोषणा र अनुरोधमा दुई हप्ताको लागि Home quarantine मा बसिरहेका छौ । परिस्थिति हेर्दा यो दुई हप्तामै नियन्त्रणमा आउन सक्ने संभावना कम छ । यसबिचमा धेरैको ब्यवसाय तहसनहस हुने र जागिर गर्नेहरु धेरैको जागिर जाने पक्का पक्की छ । सरकारले केही राहत घोषणा गरेको छ ।

यस किसिमको सरकारी घोषणाले केहि ब्यवासय र केहि स्थायी जागिर गरिरहेकालाई मात्र केहि राहत पुग्नेछ । यहाँका अधिकांश कागजी प्रक्रियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू यस राहतबाट बन्चित हुनेछन् । यसरी नै यो महामारी लामो समय नियन्त्रण भएन भने हाम्रो नेपाली समुदायले गम्भीर आर्थिक र सामाजिक संकटको सामना गर्नुपर्ने देखिन्छ ।

हामी सामाजिक अगुवाहरू, एनआरएनए लगायत नेपाल र नेपालीको लागि खोलिएका बिभिन्न संघसंस्थाहरूले आउन सक्ने जटिल संकटको बेला एकताबद्ध भएर कसरी सामना गर्ने भन्ने बहस छलफल गर्नु आबस्यक देखिन्छ ।

यसरी नै अबस्था अनियन्त्रित भैरहे तपाई हामीले अांकलन गरेको भन्दा कयौ कहाली लाग्दो समस्याको सामना गर्नुपर्ने देखिन्छ ।
यस घडीमा एकजुट भएर हामी सामाजिक अगुवाहरू तथा यहाँ खोलिएको संपुर्ण संघसंस्थाहरू केवल मंन्चमा खादा माला लगाएर भाषण गर्न मात्रै होइन, समुदायप्रति गम्भीर उत्तरदायी छौ भन्ने प्रमाणित गर्न आबस्यक छ ।

अब आउन सक्ने संभावित जटिल समस्याहरू र यसको सामना तथा समाधनको लागि के कसरी अगाडि बढ्नु पर्ला, यहाँहरूको सकारात्मक सुझाबको लागि हार्दिक अनुरोध गर्दछु ।

स्पेन सरकारको निर्णयलाई सहयोग गर्न भन्दै नेपाली दूतावासले गर्यो यस्तो अनुरोध

वि.सं.२०७६ चैत ४ मंगलवार १६:२६ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...