back
CTIZAN AD

भर्ने हैन त नेपाल पुर्नवीमाको आइपिओ ?

वि.सं.२०७६ चैत ४ मंगलवार

1K 

shares

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो कम्पनी बीमाहरुको पनि बिमा गर्ने कम्पनी हो । यो कम्पनीले चालु आर्थिक बर्ष २०७६/७७ मा  १ अर्ब ८८ करोड नाफा गर्ने लक्ष राखेको छ । 

४ चैत, काठमाण्डौं । नेपाल पुर्नवीमा कम्पनीले डेढअर्ब भन्दा बढीको आइपियो सार्वजनिक गरेको छ ।

नेपाल पुर्नवीमा कम्पनी लिमिटेडले आज (चैत ४) देखि एकसय रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता शेयर आइपिओ बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । कम्पनीले उक्त सेयर निष्कासनको मिती छिटोमा ७ चैतमा सकिने र ढिलोमा १८ गते हुने सकिने जनाएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो कम्पनी बीमाहरुको पनि बिमा गर्ने कम्पनी हो । यो कम्पनीले चालु आर्थिक बर्ष २०७६/७७ मा १ अर्ब ८८ करोड नाफा गर्ने लक्ष राखेको छ । तर आगामी २ आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा भने नाफा घटेर क्रमश १ अर्ब ४३ लाख र १ अर्ब ११ लाख हुने अनुमान कम्पनीको छ ।

अहिले कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ भने एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

कम्पनीले आर्थिक बर्ष ७६र७७ मा हुने प्रक्षेपण गरेको यसपछिको २ आर्थिक वर्षमा नाफा घटेर क्रमश १ अर्ब ४३ लाख र १ अर्ब ११ लाख हुने अनुमान कम्पनीको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष ७७र७८ को अन्त्यमा चुक्ता पुंजी १० अर्ब ५० करोड पुग्ने र आर्थिक वर्ष ७८र७९ मा चुक्ता पुंजी ११ अर्ब २ करोड पुग्ने उल्लेख गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर दिने लक्ष पनि राखेको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १६:०३ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...