५ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले कम्तिमा १५ दिन लक डाउन गर्न आग्रह गरेका छन् ।
उनले आफ्नो पार्टी नेतृत्वको ओली सरकारलाई प्रिय सरकार ! सम्बोधन गर्दै जनतामा कोरोनाको त्रास बढिरहेको हाम्रा सस्थाहरुले विश्वसनिय कामगर्न नसकेको र कार्यशैली जनमैत्री नभएकाले पनि त्रासबाट मुक्त पार्न १५ दिन लक डाउन माग गरेका छन् ।
सरकारले जतिसुकै भरोसा दिएपनि जनता विश्वस्त हुन नसेकेको बताउँदै १५ दिन देशलाई लक गरी कोरोना विरुद्धको संघर्षमा जनताको सहमति जुटाउन आग्रह गरेका छन् ।
वि.सं.२०७६ चैत ५ बुधवार ११:५४ मा प्रकाशित




























