back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा विद्यालयलाई नगद सहयोग

वि.सं.२०७६ चैत ५ बुधवार

1K 

shares

५ चैत्र, कैलाली । सिटिजन्स बैंक मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई नगद रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले उक्त सहयो प्रदान गरिएको बैंकले जनाएको छ ।

एक कार्यक्रम गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मोहन्याल शाखाले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बिद्यार्थीको सर्वागिंण बिकासमा शिक्षाले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा सो कुरालार्ई ध्यानमा राखी बैंकले यो सहयोग गरेको बताएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको’समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको जनाएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार १२:१९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...