back
CTIZAN AD

यी हुन् कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आज गरेका महत्वपूर्ण निर्णयहरु

वि.सं.२०७६ चैत ५ बुधवार

945 

shares

५ चैत, काठमाण्डौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले एसईई लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

समितिका संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले विहिबारदेखि सुरु हुने एसईई को परीक्षा स्थगीत गर्ने निर्णयसँगै अन्य महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले सि.टिई.भि.टि र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गने निर्णय गरेको छ ।
त्यसैगरी सरकारी, समुदायिक तथा निजि क्षेत्रबाट सञ्चालित सबै प्रकारका बालबिकास केन्द्रहरु, आधारभुूत तथा माध्यमीक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यायलहरुको पठनपाठन २०७६ चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट सन्चालित कार्यक्रमहरु २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसकारी संस्थाहरुबाट सन्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरिएको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तस्बिर रासस

वि.सं.२०७६ चैत ५ बुधवार २२:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...