back
CTIZAN AD

पोर्चुगलमा कोरोनाको कारण काम छुट्यो भनेर आत्तिएकालाई यस्तो सुझाव दिन्छन् नविन

वि.सं.२०७६ चैत ५ बुधवार

936 

shares

५ चैत, पोर्चुगल । पोर्चुगलमा रहेर निरन्तर नेपाली समुदायको हितमा कलम चलाइरहने नविन तिम्सिनाले काम छुट्यो भनेर आत्तिएका नेपाली समुदायलाई नआतिन भनेका छन् ।

स्वस्थ्य रहे सबै रहने बताएका नविनले  काम छुटेपनि नआत्तिन भन्दै भनेका छन् ‘हाम्रो मात्रा हैन संसारका धेरै देशका धेरै जनाको काम रोकिएको छ ।’

विश्वभरी फैलिएको कोरोना भाइरसका त्रास र त्यसले सवै देशमा पारेको प्रभावका कारण धेरै देशमा रहेका नेपाली लगायत अन्य आप्रवासी कामदारलाई गम्भीर बनाएको छ यसै सन्दर्भमा नविनले पोर्चुगलमा रहेका नेपाली समुदायमा नआतिन र पोर्चुगलको सरकारले धेरै कुरामा राहत अवस्य दिने छ भन्ने आसा गरिएको बताएका छन् ।

यस्तो भन्छन् तिम्सिना
सबै जनाका प्रश्नहरु लग्भग एकै छन अहिले त्यसैले एक एक गरेर रिप्लाई गर्न सकिन ।
अहिले विश्व लगयात पोर्चुगल पनि कोरोनाको माहामारी मा छ र यो समयमा धेरै धेरै जनाको काम रोकिएको छ र बन्द भएको छ । यो परिस्थितीमा बिशेषत हामी काम गरेर कार्ड बनाउने आप्रवासीको मनमा सवाल आउनु जायज हो अब के हुन्छ ? हाम्रो काम बन्द भयो, अर्को महिना रिनियु छ , बायोमेट्रिक छ, यि यावत प्रश्न ? मैले धेरै ठाउँमा कन्सल्ट गरेको छु यो नसोचिएको समयको लागि यहाँको सरकारले पनि धेरै कुरामा राहत अवस्य दिन्छ । स्वास्थ्य रहे सबै कुरा रहन्छ, काम छुटे पनि नआत्तिनु होला हाम्रो मात्रा हैन संसारका धेरै देशका धेरै जनाको काम रोकिएको छ ।

रिनियु, बायोमेट्रिकका सेफका डेट यदी सर्यो भने तपाईंले सूचना पाउनु हुने छ तपाईंलाई ईमेल आउछ , चेक गर्दै गर्नु होला । कतिपय कम्पनीले डिक्लेरेसओ डे डिसिम्प्रेगो भन्ने पेपरहरु पनि तपाईंलाई दिएको छ होला , यो बेलामा काम नभएको कारण कुनै पनि कार्डको रिनियु, बायोमेट्रिक को लागि समस्या नहुने कुरा पनि सेफका अधिकारीहरुले बताएका छन् ।

ईयुले सबै फ्लाइटहरु सस्पेन्ड गर्ने भनेको छ टिकट लिनु भएकाहरुले आफ्नो आफ्नो एयरलाइन्ससँग संपर्क राख्नु होला ।
फिनान्सा सोसियलमा हुने धेरैजसो काम त घरबाट नै हुन्छन तर बिना अपोइन्टमेन्ट त्यहा जान पाइने छैन सोसियलको अपोइन्ट्मेन्ट लिनका लागि ३००५०२५०२ मा कल गर्नु पर्ने छ नयाँले वा पुरानो सोसियल नम्बर पासवर्ड भएकोले सिगा एपबाट लिनु मिल्छ ।
आज बेलुका राष्ट्रपतिले गर्ने सम्बोधनमा थप के कुरा कसरी गर्ने भन्ने कुराको जानकारी आउने छ ।

वि.सं.२०७६ चैत ५ बुधवार २१:५५ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...