back
CTIZAN AD

मातृभूमिमा कोरोनाको संभावित संक्रमण रोक्न एनआरएनएले बोलायो आकस्मिक बैठक

वि.सं.२०७६ चैत ६ बिहीवार

705 

shares

६ चैत, लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रिय समिति, आइसीसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक आगामी शनिवार (साँझ ६ः४५ नेपाल समय) हुन् लागेको महासचिव डा हेमराज शर्माले जानकारी दिए । संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् ।

यसै बीच संघद्वारा गत आइतवार गठित उच्चस्तरीय समितिको बैठक बिहिवार विहान बस्ने भएको छ । यसअघि संघले एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको थियो । उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधार रहेका छन् ।

बैठक देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने , वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पुर्याउने लगायतको अजेण्डमा केन्द्रित हुने छ ।

चिनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो ।

संघले यसअघि आफ्ना शाखालाई नोवल कोरोन भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसेको छ । संघका आन्तरिक विषयमा छलफल गर्न अन्तराष्ट्रिय परिषदको बैठक अगामी २२ मार्चको लागि तय गरिएको संघले जनाएको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०६:५४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...