Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

मेरी श्रीमतीको १४ दिन क्वारेन्टाइन बस्दाको कथा



चारदिन भै सकेछ । उनी बिदेशबाट फर्केको । यसपाली आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछी स्वदेश फर्केकी हुन् ।

उनी फर्कने बेला सम्म युरोपका विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो । इटलीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार पनि आईसकेको थियो । लण्डनमा पनि सार्वजनिक यातायात, होटेल, रेस्टँरा, पब र बारहरु, सिनेमा र नाचघरहरु प्राय बन्द भैसकेको थियो । त्यसैले, कार्यक्रम छोट्टयाएर उनी देश फर्केकी हुन् ।

देश फर्कन अगाडि नै उनले भाइवरमा मलाई फोन गरेर भनेकी थिइ, “अब म १४ दिन सम्म सेल्फ -आइसोलेसनमा बस्छु । मेरो कोठा सफागरी राख्नु । तिमीहरु छुट्टै सुत्ने ब्यवस्था गर्नु । आफुलाई चाहिने सामानहरु कोठाबाट हटाएर आफुसँगै राख्नु । म संग प्रत्यक्ष सम्पर्कमा न आउनु है ।’

आजभोली, एकातिर छोराको बिएलई (BLE) चलिरहेको छ । अर्को्तिर उनी थाकेर फर्केको छ। लामो यात्राबाट। नभेटेको त्यत्रो दिन भैसकेको थियो । फेरि १४ दिनको सेल्फ आईसोलेसन। उफ ! त्यसमाथी ८० बर्ष नाघेको आमाको निरन्तर गहिरो चिन्ता ।

दिनकै भेट त हुन्छ । कुरा पनि हुन्छ । एउटै घरमा छौं । तर न संगै बसेर कुरा गर्न पाउनु । न छुन पाउनु । न माया गर्न पाउनु । न संगै बसेर खाना खान पाउनु । उनी माथी कोठामा । हामी तल्लो कोठामा। देखादेख हुन्छ । टाढा बसेर कुरा पनि हुन्छ । सुत्ने बेलामा दुःख–सुखका कुरा, मायापीरतिका कुरा भाईवरमै गर्छौं । अनि राती “गूड नाइट“ भनी छुट्टाछुट्टै कोठामा सुत्छौं । अनौठो नै भएको छ हालको जीवन, कथा जस्तो ।
छोरा अझै सानै छ । १३ बर्ष लागेको छ । उनको आमासंगै लुट्पुटिने बानी अझै गएको छैन । तर उ पनि आमाको नजिक गएको छैन । कोरोना भाइरसको बारे उ पनि सचेत छ । ज्ञानी भएर परीक्षाको तैयारी गर्छ । बिहान “बाई मामा“ भन्दै स्कुल जान्छ, परीक्षाको लागि । म आफनै काममा ब्यस्त हुन्छु । बिहानै निस्कन्छु ।

सामान्यतया, हामीमध्ये कोही बिदेशमा जाँदा वा फर्किंदाको एक क्षण हामी आमा, छोरा र म सधैंभरी संगै एउटै अँगालोमा बाँधेर माया गर्थ्यौं । यसपाली त्यो पनि भएन । संगै बसेर बिदेश यात्राको बिषयमा गफ गर्थ्यौंं, त्यो पनि हुन पाएको छैन । संगै बसेर खाना खान पनि पाएको छैन । कतै कुनैबेला उनले खोकेको सुन्दा पनि झसंग भए झैं हुन्छ । अनि फोन गर्छु, “तिमीलाई ठिक त छ, हैन?“ लामो यात्राबाट फर्केको छ । जिउ गलेको छ भन्दा पनि कसो कसो हुन्छ । त्यसैले होला, हाम्रो माया पहिले पहिले भन्दा पनि अझै झन बढेको जस्तो आभास हुन्छ । उनलाई केही भएको त छैन भन्ने पीर हुन्छ । उनी पनि समय समयमा कोठा बाहिर निस्केर हामीलाई चियाएर हेर्छिन् । दिउँसो एक्लै घाम ताप्छिन् । स्वच्छ हावामा श्वास फेर्न झ्याल खोलेर राख्छिन् । समय समयमा तातो पानी अनि पौष्टिक खाना सेवन गर्छिन् । उनले प्रयोग गरेको कुनै कुरा हामी छुँदैनो ।

यो सेल्फ–क्वारेन्टाइन पिरिएड हो । अहिलेको अवस्थामा आईसोलेसनमा बस्नु उनको कर्तब्य पनि हो । जुन उनले जिम्मेवारीपूर्वक निर्बाह गरिराखेको छ । उनलाई केही हुँदैन र भएको छैन भन्ने पनि थाहा छ । तर पनि हामीले यसरी नै १४ दिन बिताउने निर्णय गरेका छौं । यो सजिलो छैन । तर हामीले गर्नै पर्छ । सचेतनाको निम्ति सरकारको पनि यस्तै उर्दी छ । चिकित्सकहरुको पनि यस्तै सल्लाह छ । अलिकति दुःख त हुन्छ नै । अझै १० दिन यसरी नै बिताउन हामी बाध्य छौं । तर लाग्छ, यस्तो बेला हामी सबैले नागरिक जिम्मेवारी निर्वाह गर्नु हाम्रो कर्तब्य नै हो ।

यो कुनै देशको कथा होइन । यो एक यथार्थ हो । आजभोली हामीहरु, सुम्निमा, म र छोरा संवादको दैनिकी यसरी नै चलिरहेको छ ।
मित्र डा. सरोज धितालसंग आज सेल्फ आइसोलेसनको अनुभूतिको बारेमा कुरा गर्दा उहाँले भन्नू भो, “यस्तो कुरा त लेख्नु पर्छ, समाजले थाहा पाउनु पर्छ भने पछि, हो त नी भनेर यो आफ्नै कथा पोष्ट गर्ने निर्णय गरेंको हुँ । सुम्निमासंग सल्लाह गरेको पनि छैन । आशा छ उहाँले अन्यथा लिनु हुने छैन ।

जनचेतनाको निम्ति प्रधानको फेसबुकबाट लिइएको ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको