back

खाद्य संस्थानले सुरु गर्यो सहुलियत पसल

वि.सं.२०७६ चैत ८ शनिवार

552 

shares
GLOBAL IME AD
NTC AD

८ चैत, काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ ।

संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान सञ्चितिदर दोब्बर पार्ने, खाद्यान्न अभाव हुन नदिन समयमै ढुवानीको व्यवस्था मिलाइएको बताएका छन् । संस्थानले शुक्रबारदेखि सहुलियतमा खाद्यान्न बिक्री वितरण शुरु गरेको हो । संस्थानको गोदाममा १७ हजार क्विन्टल चामल मौज्दात छ ।

संस्थानमा कार्यरत कर्मचारी र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा सतर्कता अपनाइएको संस्थानका प्रमुख थापाले बताए । यसैबीच होटल अर्गनाइजेशनले व्यवसायमा परेको मर्कामा विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ । होटल अर्गनाइजेशनको टोलीले आज सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई भेटेर आपसी समन्वय र सहकार्यका विषयमा छलफल गर्नेछ ।

वि.सं.२०७६ चैत ८ शनिवार १४:५२ मा प्रकाशित

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी...

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको...

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको...

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को...

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

  काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव...