back
CTIZAN AD

यसरी भैरहेको छ कोरियामा प्रवासी श्रमिकमाथि भेदभाव

वि.सं.२०७६ चैत ८ शनिवार

867 

shares

कोरियामा कहिले आफुखुशी कार्यस्थल परिवर्तन गर्नबाट बन्चित गराईएको कहिले धार्मिक वर्णिय हिसाबले भेदभाव सहन विवश कहिले खानै नपाएर आएको भोका नाङ्गा देशको नागरिक भनेर गरिने भेदभाव सहन विवश हुदा हुदा कोरोना जस्तो महामारी फैलाउने सङ्क्रमणको बेला पनि बिदेशी माथी भेदभाव गरिन्छ कोरिया । भेदभाव बन्द गर ।

८ चैत्र । आज मार्च २१ संयुक्त राष्ट्र संघले नस्लबादको अन्तर्गत लागि घोषणा गरेको अन्तरराष्ट्रिय नस्लवाद बिरुद्धको दिवस हो । कोरिया पनि यसबाट अछुतो छैन प्रवासि श्रमिक भएका कारण कोरियन श्रमिक भन्दा कम ज्याला पाउदा, स्वैच्छिक कार्यस्थल परिवर्तन गर्न नपाउदा, प्लास्टिकको घरमा सुत्नुपर्दा, प्रवासी महिला भएका कारण योन दुर्ब्यबहार भोग्नु पर्दा, मुस्लिम भएका कारण आतङ्क कारि भनि सङ्कीर्ण नजरले हेरिदा, भिषा नभएर कहिले धरपकड गरि पठाउछ भनि भबिस्य बिना जिउनु पर्दा, गैरआवासिय कोरियन भएपनि कोरियन नभएका कारण हेपिनु पर्दा, बिदेशि आमाबाबुबाट जन्मिएको कारण भिन्न दृष्टिकोणले हेर्दा, शरणार्थी भएको कारण सहयोग नपाउदा , कोरोना भाइरसबाट सुरक्षित हुन प्रयोगका मास्कमाथी भेदभाव सहनु पर्दा, जातिय, लैङ्गिक, बर्णिय भेदभावको अनुभव गर्नुपर्ने हुन्छ्। संयुक्त राष्ट्र संघका अनुसार प्रत्येक व्यक्ति भेदभाव बिनाको मानव अधिकारको हकदार हुन्छ ।

समानता र गैरभेदभावको अधिकार मानव अधिकार कानुनको मुख्य स्तम्भ हो । तर पनि कोरियामा प्रवासी श्रमिक माथि बिभिन्न प्रकारले भेदभाव गरिन्छ । श्रमिकको लिङ्ग, राष्ट्रियता, धर्म, बर्ण र सामाजिक स्तरको आधारमा श्रम सर्तमा भेदभाव गर्न पाउँदैनन् भनेर श्रम नियम र आइएलओको (ILO) समान व्यवहार नीति आदिमा उल्लेख गरिएको छ ।

काम गर्ने ठाउँ (कार्यस्थल) स्वतन्त्रतापुर्वक फेर्न पाउने स्वतन्त्रतापुर्वक श्रम रोज्न पाउने श्रमिकको मानविय अधिकार हो कोरियामा प्रवासि श्रमिकलाई उक्त अधिकारबाट बन्चित गराईएको छ। कोरियाको श्रम कानुनमा जवर्जस्ति श्रम गराउन नहुने ब्यबस्था गरिएको भएता पनि प्रवासि मजदुरलाई अलगै लागुहुने इपिएस कानुनका खराव नितिका कारण यो अधिकारबाट बन्चित गराईएको छ। कोरियन समुदाय र कार्यस्थल मा प्रवासी श्रमिकमाथी बिभिन्न भेदभाव गरिन्छ । खानै नपाएर आएको गरिब देशको नागरिक भनेर हेप्ने गरिन्छ । बर्णका आधारमा पनि धेरै भेदभाव गरिन्छ प्रवासी श्रमिक लगायत अन्य प्रवासी माथी सम्भाव्य अपराधीको नजरेले हेर्ने गरिन्छ । कार्यस्थलमा आफुभन्दा सानो उमेरकोले पनि हेपेर भेदभावपुर्ण व्यवहारले ठाडो भाषा प्रयोग गर्ने गर्छन । प्रवासी श्रमिकका लागी भनेर कार्यस्थलमा बस्नको लागी दिइने आवास जनावरले बस्न योग्य पनि हुदैन ।

एक प्रवासी श्रमिक आफ्नो घरपरिवार, समाज, समुदाय देश छोडेर ठुलो सपना बोकेर कोरियामा खुनपसिना एक गरेर श्रम गर्न भनेर आएको हुन्छ । ज्यालामा पनि प्रवासी श्रमिकलाई भेदभाव गरिन्छ । कार्यस्थलमा उसलाई काम गरेबाफत उचित ज्याला दिनुको साटो गालिगलौच कुटपिट र धम्कि दिइन्छ । कार्यस्थलमा गार्हो अफठ्यारो पर्दा कार्य परिवर्तन गर्न पाउदैन केहि गरि पाउने भएपनि ५०औ लाख वन तिर्न बिबस हुन्छ । बिभिन्न बहानामा तलब कटौती गरिन्छ । लामो समय काम गरेर पनि पुरा तलब पाउदैन तलब माग गरे अनेकन् धम्कि दिएर जवर्जस्ती काम गराईन्छ । एक श्रमिकले पाउने श्रमिक अधिकार र मानव अधिकारमाथी कुठाराघात गरेर कोरियामा प्रवासी श्रमिकलाई आधुनिक युगको दास जस्तो व्यवहार गरिन्छ । कोरियाको अर्थतन्त्रमाथि पुर्‍याउन अहम भुमिका निर्वाह गर्ने प्रवासी श्रमिकमाथी गरिने भेदभाव बिरुद्ध सबै प्रवासी श्रमिक एकजुट हौ ।

वि.सं.२०७६ चैत ८ शनिवार १४:५६ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...