back
CTIZAN AD

उदाहरणीय घरबेटी, ३ महिना कोठाको भाडा नलिने घोषणा

वि.सं.२०७६ चैत ८ शनिवार

843 

shares

८ चैत्र, काठमाडौँ । यतिबेला हाम्रो देशमात्र होइन विश्व नै संक्रमणमा छ । यो संक्रमणमा सबै मिलि सहयोगी हात जुटाउन आवश्यक छ । सुनिन्छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । तर कोही कोही भने धन र मनका दुवै धनिहरु भेटिन्छन् । यस्तै उदाहरणीय व्यक्ति भनेका छन्, हरिहर लामिछाने ।

१७ मार्चका दिन उनले फेसबुकको स्टाटस लेख्दै आफूले ३ महिनासम्मको घरभाडा नलिने जानकारी गराएका छन् । उनले लेखेका छन् ‘मेरो घरमा भाडा बस्ने हरूलाई चैत्र १ गतेबाट ३ महिना सम्म भाडा छुट गर्ने निर्णय गरियो ।’

मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने घोषणा गरेका हुन् ।

देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई केही राहत होस् भनेर आफूले यस्तो घोषणा गरेको उनी बताउँछन् ।

यो दुःखको बेलामा सबैले आफ्नो तर्फबाट थोरै भएपनि सहयोग गर्न सकियो भने सबै नेपालीलाई सहयोग पुग्ने उनको विचार छ । परोपकारी कर्म आफूले बाबुबाट सिकेको उनी बताउँछन् । उनी भन्छन् ‘बुबाको परोपकारी कर्मले मलाई पनि उहाँकै बाटोमा हिड्ने प्रेरणा दिइरहेको छ ।’

वि.सं.२०७६ चैत ८ शनिवार १५:४६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...