back
CTIZAN AD

फ्रान्समा कोरोनाको कहरः समस्यामा पर्नुभयो ? फोन गर्नुहोस् एनआरएनए फ्रान्सलाई

वि.सं.२०७६ चैत ८ शनिवार

846 

shares

८ चैत, फ्रान्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सले कोरोना भाइरसको संक्रमण वा कुनै आशंका भएमा तथा आवस्यक सहयोगका लागि एनआरएनए फ्रान्सलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

परिषदले फ्रान्समा कोरोना भाइरसको जोखिम बढ्दै गएको तथा फ्रान्स सरकारले दिएको समय अवधिसम्म घरभित्रै रहन र अति आवस्यक कामबाहेक बाहिर नजान समेत अनुरोध गर्दै परिषद्ले आवस्यक सहयोगका लागि हेल्थ डेस्क गठन गरेको समेत जानकारी दिएको छ ।

परिषद्का अध्यक्ष नरेन्द्र शाही ठकुरी र महासचिव मिन श्रेष्ठद्धारा एक विज्ञप्ति जारी गर्दै फ्रान्समा रहेका कुनैपनि नेपालीलाई कोरोना भाइरसको संक्रमण वा आशंका तथा अन्य कुनै संकेत वा समस्या देखिएमा आवस्यक सहयोग जस्तै एम्बुलेन्स, हस्पिटल वा सम्बन्धीत निकायमा खबर गर्ने, प्रारम्भिक जानकारी दिने जस्ता कामहरुमा मद्दत पुर्याउन निम्न बमोजिम रहेको सहयोग समन्वय (हेल्प डेस्क) समिति गठन गरेको जानकारी गराएको छ ।

सम्पर्कका लागि अध्यक्ष नरेन्द्र शाही ००३३६२०४२९८००, महासचिव मिन बहादुर श्रेष्ठ ००३३६२८०४४७९०, पूर्वअध्यक्ष एक बहादुर मल्ललाई ००३३६५१९०८५७३ र लियोनमा ज्ञान बहादुर गुरुङ ००३३६२१९२८८७२ र गणेश श्रेष्ठ ००३३६४८१७०२५० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्समा अहिलेसम्म ४५० जनाको मृत्यु भइसकेको र १२ हजार ६१२ जनामा भाइरस संक्रमण भएको पाइएको छ ।

वि.सं.२०७६ चैत ८ शनिवार २०:५२ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...