back
CTIZAN AD

कोरोना भाइरस रोकथामका लागि फेदीखोला गाउँपालिकाद्धारा हेल्थ हेल्प डेस्क स्थापना

वि.सं.२०७६ चैत ९ आइतवार

1K 

shares

९ चैत, काठमाण्डौं । स्याङजाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ ।

आइतबारदेखि स्याङजा जिल्ला प्रवेशको कुभिन्डे नाकामा गाउँपालिकाद्धारा स्थापना गरिएको उक्त हेल्थ हेल्प डेस्कमा फेदीखोला गाउँपालिकाभित्र विदेशबाट आएकाहरुलाई पहिलो चरणमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाभित्र रहेको सिद्धार्थ बहुमुखी क्याम्पसमा २० वटा बेड व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् ।

जसमा वाइफाई, पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, आवस्यक माग भएमा ल्यापटप र ट्यावलेटको समेत व्यवस्था गरिने पनि अध्यक्ष सुवेदीले बताएका छन् । साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारीवारीक बातावरण सृजना गरीने पनि उनी बताउँछन् ।

‘कृपया बिदेशबाट आउनु भएको महानुभाब गाउँपालिका प्रबेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नु होला । सम्भाबित ब्यबस्थापन वार्ड न .१ शिबालय आधारभूत बिधालय छापडाडा, दामगडे माबी, वार्ड न। ३ स्वास्थ्य चौकी, जनमुखी आधारभुत बिधालय, वार्ड न ४ आरुखर्कमा राम्चेदेबी आधारभुत बिद्यालय र टोड्के आधारभुत बिधालय र वार्ड न. ५ बागे स्वास्थय चौकी र मैदान माबिलाइ बिकल्पको रुपमा आबश्यक तयारीमा जुटीरहेका छौ ।’ अध्यक्ष सुवेदीले भनेका छन् , ‘कृपया तपाई हाम्रो सानो गल्तीले महामारी नियन्त्रणमा आउदैन र मानब जीवनमा तत्काल ठूलो क्षति हुने सम्भावना प्रबल छ , सकारात्मक तरीकाले आफ्नो जिम्मेवारी बहन गर्ने सम्पुर्णमा हार्दिक अपिल गर्दछौ ।’
अध्यक्ष सुवेदीले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोरोना भाइरसलाइ साझा अभियानबाट अन्त्य गरौं भन्ने अपिल समेत गरेका छन् ।

वि.सं.२०७६ चैत ९ आइतवार १०:२३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...