back
CTIZAN AD

बिदेशबाट पनि टेलिकमको प्रशंशा

वि.सं.२०७६ चैत ९ आइतवार

1.1K 

shares

९ चैत्र, काठमाडौँ । सिंगो संसार कोभिड १९ विरुद्ध लडिरहेकै बेला नेपाल टेलिकमले प्रशंसा तथा बधाइ पाएको छ ।

नेपाल सरकारले ‘सेमी लकडाउन’ गरेर नागरिक स्वास्थ्यको आन्तरिक अभियान चलाएकै बेला सरकारी स्वामित्वको नेपाल टेलिकमले स्वदेश तथा बिदेशबाट समेत स्याबासी र धन्यवाद बटुलिरहेको छ ।

कोभिड १९ सम्बन्धमा बुझ्ने गरी प्रष्ट भाषा र सुरिलो लयमा तयार गरिएको रिङ्गटोनले टेलिकमको सामाजिक उत्तरदायित्व मात्र पुरा भएको छैन, राष्ट्रको संचार भन्ने नारालाई सार्थक बनाएको छ ।

कोभिड के हो ? लक्षण कस्ता हुन्छन् र जोगिने कसरी ? भन्ने बारेमा सरलतापूर्वक बुझाइएको सो रिङ्गटोनको स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले पनि प्रशंसा गरेका छन् । जर्मनीमा रहेका सन्तोष अधिकारीले आफ्नी आमालाई फोन गर्दाको प्रसंग निकालेर सञ्जालमा धन्यवाद दिएका छन् भने अमेरिकाबाट प्रभु थापा नेपालीले भनेका छन् ‘नेपालमा बुबालाई फोन गरेको त टेलिकमले कोभिड १९ को लक्षण बारे सूचना पो राखेछ । यति राम्रो कामको त नेपाली समाचारमाध्यमहरु चर्चा सम्म पनि गर्दैनन् । हामी सबैले टेलिकमलाई बधाइ दिउँ । ’

नेपाल टेलिकमबाट पाएको सो जानकारीमुलक सन्देशले ‘कोरोना भाइरसबाट जोगिने तरीका थाहा पाएको’ काठमाण्डौको मित्रपार्कमा रेष्टुरेन्ट गर्ने छिरिङ शेर्पाले संसारन्युजलाई बताएकी छिन् । संसारै कोरोनाको विरुद्धमा लडिरहेको र नेपालले पनि प्रतिरोध गरीरहेका बेला नेपाल टेलिकमले सो जानकारी दिएपछि सबै नेपालीले सो बारे जान्ने मौका पाएका छन् ।

 

 

 

वि.सं.२०७६ चैत ९ आइतवार १०:०३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...