१० चैत्र काठमाडौं । आईतबारको मन्त्रीपरिषद बैठकद्वारा स्थापना गरिएको ५० करोड रुपैंयाँकको कोरोना संक्रमण नियन्त्रण कोषमा रकम जम्मा हुन थालेको छ । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सबै सदस्यहरुले १ महिनाको तलब बराबरको रकम दिने घोषणा गरेका छन ।
बैक तथा बित्तियसंस्थाहरुले पनि उक्त कोषमा सहयोग गर्न थालेका छन । त्यसै क्रममा नेपाल बैंक लिमिटेडले १ करोड रुपैंयाँ दिने घोषणा गरेको छ । उक्त कोषमा कृषि बिकास बैंकले पनि १ करोड २५ लाख रुपैयाँ राखेको छ ।
वि.सं.२०७६ चैत १० सोमवार १६:०२ मा प्रकाशित





























