१० चैत्र, काठमाडौँ । कोरोना भाइरसको संक्रमणविरूद्द लड्न नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार केहीले १ महिनाको तलब र केहीले आधा महिनाको तलब उपलब्ध गराउने घोषणा गरेका हुन् ।
एक महिनाको पारिश्रमिक बराबर सहयोग गर्नेमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्य रहेका छन् भने आधा महिनाको पारिश्रमिक बराबर सहयोग गर्नेमा विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, संचारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापा रहेका छन् ।
वि.सं.२०७६ चैत १० सोमवार १७:४३ मा प्रकाशित






























