back
CTIZAN AD

कोरोना- भाग-२

वि.सं.२०७६ चैत १० सोमवार

1.1K 

shares

विदुर अधिकारी
भरतपुर म.न.पा.-१९
रामपुर,चितवन

खानू शुद्ध सफा भएर बसनू,भन्दै थिए पूर्वज
पूर्खाका अति सभ्य कर्म सब ती बन्दै गए दुर्लभ
गर्दा त्यो ‘हग’, ‘कीस’ सभ्य अतिनै,ठान्थ्यौँ मजा तत्क्षण
‘कोरोना’ अहिले घुस्यो यदि भने,बर्बाद भो जीवन
. (१)

रेखा लक्ष्मणको कटेर जब त्यो,सीता गईन् बाहिर
पक्री रावणले लिएर चलिगो,त्यो राजधानी तिर
तेस्तै हो अहिले समस्त जनले,रेखा नकाट्नू अब
रेखाको अपमान गर्छ जसले,बाच्दैन ऊ सम्भव
. (२)

हाम्रा सौम्य परम्परा त अति नै,आनन्ददायी थिए
आई पश्चिमबाट मन्द बिषका,थैलाहरू भित्रिए
हाम्रा संस्कृति नासिदैछ अहिले ,हल्ला छ बेतालको
कोरोना अहिले घुसे नगरमा,हाम्रो त बेहाल भो
. (३)

चोखो सुध्द भएर ती नियमका,सन्मार्गका बन्धन
भन्थे पालन गर्न किन्तु अहिले,छोड्दै गयौँ झन्झन
खाना त्यो घरको त्यजेर हिँडियो,डिस्को झनै बारमा
‘कोरोना’ अति मस्तले सहजमै,घुम्दैछ सन्सारमा
. (४)
भन्छन् औषधि छैन डाक्टर हरू,सुन्दा त सन्त्रास छ
कोरोना तँ नआ नआ मुलुकमा,आए त बर्बाद छ
तेरो औषधि छैन किन्तु नजिकै,संपर्कमा हुन्न म
तेरा अङ्गप्रत्यङ्ग किन्चित झनै,कैले कतै छुन्न म
. (५)

. शीर्षक –#कोरोना#भाग-२ कविता, सुमधुर कला र गलाकी धनी बहिनी सरु बस्नेत बाट
. छन्द-(शार्दूलविक्रीडित)

https://www.facebook.com/bidur.adhikari.5439/videos/10220068231072803/

वि.सं.२०७६ चैत १० सोमवार १६:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...