back
CTIZAN AD

रुघाखोकी लाग्दैमा कोरोना भन्ने नसोचौं, यसरी साबधानी अपनाऔं

वि.सं.२०७६ चैत १० सोमवार

786 

shares

यो मौसम परिवर्तनको समय हो । क्रमश चिसो कम हुदै तातो बढ्दै जाने नयाँ सिजन सुरू हुने समय हो । रूख बिरूवाहरूमा नयाँ पात र फु्ूलहरू देखिने छन् । हरियाली समय सुरू भैसकेको छ । जस्को कारण पोल्न सुरू भइ एलर्जी मानिसहरूमा देखिने छ । एलर्जीको कारण आखा चिलाउने, आसु आउने, आँखा रातो हुने, नाकबाट पानी आउने, घाँटी दुख्ने, खोकी लाग्ने हुन्छ भने साथै कसैलाइ ज्वरो पनि आउने हुन सक्छ ।

यस्तो बेला मानिसहरूको ध्यान र चिन्ता कोरना भाइरस तिर जाने छ किन कि ब्युझे देखि ननिदाए सम्म कोरना कोरना कोरना मात्रै सुन्ने, कुरा गर्ने बाध्यता र बातावरण सबैको सामु छ । समय र अवस्था नै कोरनामय बनि सकेको छ ।

यस्तो बेला रूघा खोकी, एलर्जीबाट बच्न रूख, पालुवा र फूल भएको छहारी र क्षेत्रमा नजाने, नबस्ने गर्नु पर्दछ भने शहरबाट गाउँतिर जहा रूख बिरूवा बढी हुन्छन् त्यहाँका मानिसहरूले घरमा बस्दा पनि झ्याल ढोका लगाएर बस्नु पर्दछ ता कि पोलन घरभित्र वा मानिससम्म आउन नसकोस् र एलर्जीबाट बच्न सकियोस् । सकिन्छ भने रूघा खोकी, ज्वरो र एलर्जीको औषधी किनेर घर र साथमा जहा रहे पनि राख्नु पर्छ किनकि रूघा खोकी र एलर्जी मौसम परिवर्तन हुने समयमा व्यापक रूपमा मानिसहरूलाइ लाग्ने गर्छ ।

यसबाट बच्न अलिकता चिसो हराउँदैमा पातलो कपडा लगाएर हिड्नु हुदैन । छाती र टाउको अलि न्यानो पारेर हिड्नु पर्दछ । हिजोसम्म न्यानो र बाक्लो कपडा लगाइरहेको मानिसले एक्कासी गर्मि लाग्यो भन्दैमा पातलो कपडा लगाएर हिड्दा शरिरको तापक्रममा असुन्तलन हुन जान्छ र रूघा खोकी लाग्छ । झन गर्मि छल्न र हरियों झ्याम्म परेको रूखहरूको मुनि बस्दा र भर्खर फुलेका रूख बिरूवाका फुलहरू हेर्न रूख र फुलको नजिक जाँदा, बस्दा , हिड्दा पोलनको कारण एलर्जी लाग्छ र आखा चिलाउने, नाकबाट पानी आउने हुन्छ ।

कोरनाले देश, समाज र संसार हल्लिरहेको बेला रूघा खोकी लागे, एलर्जी लागे, ज्वरो आए लौ कोरना नै भयो भन्ने पहिलो शंका, अडकल र कुराकानी हुनु स्वभाविक नै हो ।

यस्तो हुनुभन्दा अगाडी अहिले सोच्ने र गर्ने भनेको नियमित रूपमा न्यानो कपडा लगाइरहने हो । नयाँ पालुवा, फूल फुलेका जंगल, बगैचा, चौतारी र छहारीतिर नजानु र नबस्नु नै हो । माक्स लगाउने, चस्मा लगाउने, टाउकोमा टोपी, रूमाल र ओड्ने राख्ने नै हो जस्ले पोलन नाक मुख हुदै शरिरभित्र पस्न र असर गर्न पाउदैन । पटक पटक हात साबुन पानीले धुने । सेनिटाइजर लगाउने । चिसो बियर, सोडा, पानी, आइसक्रीम नखाने नै हो । लक्षण देखिए औषधी सुरू गर्ने र आवस्यक औषधी घरमा राख्ने बानी बसाल्ने नै हो । डाक्टर र अस्पतालको फोन नं घर र साथमा राख्ने नै हो । कोरनाको संका लागे फोन गरेर सम्वन्धित निकायले लिन आएपछि कहाँ जाने वा लाने हो त्यहाँ जाने हो । आफू खुशी जाने होइन भने आफ्नो परिवार, छिमेकी, आफन्त वा अन्य कोहीबाट पनि अलग र टाढा बस्ने हो ता कि आफुमा भए र अरूमा भए भाइरस सक्रमण हुन नदिने हो ।

जुन सुकै रोगको पनि उपचार हुन्छ । कोरनाको पनि उपचार भैरहेको छ र धेरै रोगी निको भएर घर र काममा फर्कि सकेका छन् । आत्तिने र डराउने काम कसैले नगरौ । केहि समय र पिडा मात्र हो । हाम्रा पुर्खाहरूले यस्ता कयौ माहामारी भोगे । कयौ रोग र समस्याहरू संग जुधे । त्यसैले त हामी छौ । निर्माण छ । परिवार, समाज र राष्ट्र छ । एक्लैले नसक्ने भएर नै समुह बनाए । इलाका बनाए । समाज र राज्य बनाए । राष्ट्र बनाए । हो पुर्खाका त्याग र योगदान सम्झेर आफ्नै लागि, परिवार र सन्ततिको लागि, समाज र राज्यको लागि केहि गर्नुपरेको छ । त्यो भनेको आफु सुरक्षित रहनु हो र अरूलाइ पनि सुरक्षित बनाउनु हो । कयौको जीवन गुमि सक्यो । कयौको जागीर गुमि सक्यो । सबैको आम्दानी र व्यवसाय रोकिइसक्यो । यो मानव समस्या हो । राज्य र समाजको समस्या हो । यो विस्व कै समस्या हो । यो माहामारीलाइ विस्व एक भएर मात्रै सधैको लागी समाप्त पार्न सकिन्छ । व्यक्तिले परिवारलाइ । परिवारले समाजलाइ । समाजले राज्यलाइ । राज्यले सरकारलाइ । सरकारले नागरिकलाइ सहयोग गरे मात्र यो माहामारीबाट सबैले पार पाइन्छ । यसको लागि सबैले भिडभाड र आवतजावत रोक्नै पर्छ । स्वनियन्त्रण र स्वसुरक्षित बन्नै पर्छ ।

वि.सं.२०७६ चैत १० सोमवार १७:४४ मा प्रकाशित

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...