back
CTIZAN AD

रोग सँग लडौं

वि.सं.२०७६ चैत १० सोमवार

768 

shares

मरे मान्छे हैजा भनिकन कठै धेर पहिले
चिनीकै रोगैले पनि कति मरे हेर पहिले
दुखी छाती खोकी दम र टिबिले मार्दछ अझै
उता अर्बुदैले पनि त लुटिए प्राण सहजै (१)

थिएनन् क्यै किल्ली पिडित सबको खत्तम जुनी
भनी भन्थे मान्छे अब त छ यहाँ औषध गुणी
कहे दैवी लीला सबतिर उही नित्य पहिले
चिकित्साको शिक्षा जनजन पुगे ढुक्क अहिले (२)

कतै सुन्दा मान्छे खुरुखुरु मरे “सार्स छ” कडा
कतै मैथुनैको क्षणिक सुखको एड्स खतरा
थियो त्यस्तै डेंगी मरणसरिको साधन बनी
पसेका ‘फ्लू’ धेरै नियमन भए निर्बल बनी (३)

मरे मान्छे त्यस्तै दशक पहिले “मर्स” भनिने
कडा थ्यो लाग्दैमा मरण उसको निश्चित हुने
लडे मान्छे आफैं सजगसँगले नित्य उभिए
अहिले देखिन्नन् प्रकृति यिनका निर्मुल भए (४)

लियो कोरोनाले मुलुक मुलुकै ज्यान अहिले
कतै छैनन् ऐले नियमन गरौँ भन्न सजिलै
लडाईं मान्छेले निडरपनले गर्नुछ यहाँ
र भोग्ला कोरोना नसिब उसको दुर्गति जहाँ(५)

नोट:
[सार्स = SARS Corona Virus = Severe Acute Respiratory Syndrome = 2003 China = २४ मुलुक = ७७४ मृत्यु = १५ महिना अवधी = त्यसपछि देखिएन
मर्स = MERS Corona Virus = Middle East Respiratory Syndrome = 2012 Saudi Arabia = २७ मुलुक = ६ वर्ष = ७२० मृत्यु = camel flu पनि भनिने = अहिले छैन ]

वि.सं.२०७६ चैत १० सोमवार १७:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...