
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । लाभको अवसर मिले पनि फाइदाको केही अंश अरूलाई सुम्पनुपर्ला । काम सम्पादन भए पनि धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धनमाल सुरक्षामा ध्यान पुर्याउनुहोला ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । अध्ययनमा समय दिन नसकिएला । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चलप्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
चैत ११ (मार्च २४)
उपप्रा लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य ९८४१३५२१६४
यस्तो छ तपाईको आज (चैत १० गते) को राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला
वि.सं.२०७६ चैत ११ मंगलवार ०७:४६ मा प्रकाशित