
११ चैत, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनले कोरोना संक्रमणका विरामी जाँच गर्दा चिकित्सकले लगाउने ड्रेस आफूले बनाउने बताएका छन् ।
डा. पुनले विरामी जाँच गर्दा लगाउने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) को नेपालमा अतिनै आवस्यक रहेको र टिचिङ अस्पताल काठमाण्डौं र बि.पी अस्पताल धरानबाट पनि त्यस्तो ड्रेसको माग रहेको र त्यो बनाउनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई जिम्मा आएको बताएका छन् । डा. पुनले ड्रेसको डिजाइन आविस्कार केन्द्रमा बन्दै गरेको र ४०० वटा जति ड्रेस बनाउनका लागि सामान पनि उपलब्ध भएको बताएका छन् ।
डा. पुनले सामाजिक संजालमा उक्त कुराको जानकारी दिँदै अब सिलाउने टेलर आवस्यक रहेको र राजधानीमा कोही त्यस्तो टेलर भए सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
संसारभरी फैलिएको कोरोना महारमारी र त्यसको रोकथाम गर्नका लागि नेपाल सरकारले हरेक तयारी गरिरहेको र चिकित्सकले लगाउने यस्ता पिपिई ड्रेस अभाव रहेको भन्ने समाचार आइरहेका बेला डा. पुनको आविश्कार केन्द्रले गर्न लागेको यस्तो कार्यको सबैले सह्राना गरेका छन् ।
वि.सं.२०७६ चैत ११ मंगलवार १५:१४ मा प्रकाशित