back

कोरोना भाइरसको पुष्टि भएकी युवती आएको जहाजमा यात्रा गर्ने १२५ यात्रुको पहिचान

वि.सं.२०७६ चैत ११ मंगलवार

474 

shares
GLOBAL IME AD
NTC AD

११ चैत्र, काठमाडौँ । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने केही यात्रुको पहिचान भएको बताएको छ ।

प्रहरीका अनुसार सो दिन उनी चढेको विमानमा यात्रा यात्रा गरेका मध्ये १२५ जना नेपालीको पहिचान गरी उनीहरुको ठेगाना समेत पत्ता लगाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार आफूहरुले त्यसदिनको ट्राभलर लिष्ट लिएर पहिचान भएका व्यक्तिहरुलाई उनीहरुलाई सम्पर्क गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए ।

स्थानीय प्रशासन र स्थानीय प्रहरीको सहयोगमा पहिचान भएका अन्य यात्रुहरुसँग पनि सम्पर्क गरिरहेको र छिट्टै नै सबैको पहिचान गरिने उनले बताए ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत ४६९ जना नेपाल आएका थिए । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत नेपाल आएकी थिइन् । चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी ती १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी सोमवार स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएका थिए ।

नेपालमा कोरोनाको संक्रमण पुष्टि भएसँगै सरकारले १ साताका लागि देशभर लकडाउन गरेको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १६:२३ मा प्रकाशित

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको...

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...