back
CTIZAN AD

कोरोना भाइरसको पुष्टि भएकी युवती आएको जहाजमा यात्रा गर्ने १२५ यात्रुको पहिचान

वि.सं.२०७६ चैत ११ मंगलवार

858 

shares

११ चैत्र, काठमाडौँ । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने केही यात्रुको पहिचान भएको बताएको छ ।

प्रहरीका अनुसार सो दिन उनी चढेको विमानमा यात्रा यात्रा गरेका मध्ये १२५ जना नेपालीको पहिचान गरी उनीहरुको ठेगाना समेत पत्ता लगाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार आफूहरुले त्यसदिनको ट्राभलर लिष्ट लिएर पहिचान भएका व्यक्तिहरुलाई उनीहरुलाई सम्पर्क गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए ।

स्थानीय प्रशासन र स्थानीय प्रहरीको सहयोगमा पहिचान भएका अन्य यात्रुहरुसँग पनि सम्पर्क गरिरहेको र छिट्टै नै सबैको पहिचान गरिने उनले बताए ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत ४६९ जना नेपाल आएका थिए । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत नेपाल आएकी थिइन् । चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी ती १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी सोमवार स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएका थिए ।

नेपालमा कोरोनाको संक्रमण पुष्टि भएसँगै सरकारले १ साताका लागि देशभर लकडाउन गरेको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १६:२३ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...