back

क्रिश्चियन धर्म माने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्चर पक्राउ

वि.सं.२०७६ चैत ११ मंगलवार

444 

shares
GLOBAL IME AD
NTC AD

११ चैत, पोखरा । विश्व कोरोना भाइरसको संक्रमणमा फसेको छ, यहि मौका छोपेर केही व्यक्ति भने धर्मको नाममा फाइदा उठाउन खोजिरहेछन् ।

धर्मका नाममा भ्रम फैलाउन खोज्ने यस्तै एक पास्चर पक्राउ परेका छन् । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने एक पास्टर पक्राउ पोखरामा पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रशस्त कटनी मण्डलीका पास्चर रहेका आचार्यले प्रवचन दिने क्रममा यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने बताएका थिए ।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भन्दै समाजमा भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको आरोपमा उनीमाथि मुद्दा चलाउने तयारी भइरहेको आचार्यले जानकारी दिए ।

वि.सं.२०७६ चैत ११ मंगलवार १६:४३ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...