back
CTIZAN AD

कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु

वि.सं.२०७६ चैत ११ मंगलवार

936 

shares

११ चैत, अमेरिका । अमेरिकामा रहेका एक नेपालीको कोरोना भाइरस संक्रणका कारण मृत्यु भएको छ ।

न्युयोर्कको सरकारी अस्पताल एलमसमा भेन्टिलेटरमा राखेर उपचार गराइएका ४७ वर्षीय अनिल सुब्बाको आज बिहान मृत्यु भएको हो ।
सुरुमा आफ्ना चिकित्सकसँग जचाउँन गएका उनलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहि अस्पतालमा अर्का नेपाली पनि गम्भीर अवस्थामा उपचार गराइरहेको तथा टेक्सासमा पनि एक नेपाली संक्रमणका कारण गम्भीर भएको बताइएको छ ।

झण्डै डेढ दशकदेखि न्युयोर्कको क्वीन्स शहरमा बस्दै आएका सुब्बा उवर ड्राइभर रहेका थिए । सुब्बा नेपाली समाज अमेरिकाको सक्रिय सदस्य तथा हालका नेपाल समाज अमेरिकाको केन्द्रीय सदस्य रहेका थिए । उनी डाइविटिज र ब्लडप्रेसरको समस्या रहेको पनि बताइएको छ । हाल मृतकका परिवारलाई पनि आइसोलेसनमा राखेर उपचार गरिएको बताइएको छ । उनको शब अस्पतालमै रहेको बताइएको छ ।

पछिल्लोपटक अमेरिकाका अन्य सहरभन्दा न्युर्योकमा कोरोना संक्रमणको जोखिम बढिरहेको अमेरिकाबाट संजय थापाले जानकारी दिएका छन् ।

न्युर्योकमा पूर्णरुपमा लकडाउन नभइसकेको अवस्था र केही नेपालीहरु अत्यावस्यक सेवाका क्षेत्रमा कार्यरत रहेकाले जोखिममा रहेको तथा सर्तकता अपनाउँदै काम गरिरहेको थापाले संसारन्युजलाई जानकारी दिएका छन् । ‘ हामीले कोरोना भाइरसबाट संक्रमित भएका नेपाली र मृत्यु भएका परिवारका लागि केही आर्थिक सहयोग गर्ने उद्धेश्यले टिम बनाउने छलफल गरिरहेका छौं । सम्भवत छिट्टै त्यसले पूर्णरुप पाउनेछ । साथीहरुबाट सकारात्मक सुझाव आइरहेका छन् ।’ थापाले भने ।

कोरोना भाइरस संक्रमणका कारण प्रवासमा दुई नेपालीको मृत्यु भएको छ । यसअघि बेलायतमा पनि पूर्व गोर्खा सैनिक ६५ वर्षीय गत मंगलबार मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत ११ मंगलवार १८:१९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...